Home व्यवसाय मुगु उद्योग वाणिज्य संघको अध्यक्षमा कमल बहादुर बुढा चयन

मुगु उद्योग वाणिज्य संघको अध्यक्षमा कमल बहादुर बुढा चयन

by admin

मुगु । मुगु उद्योग वाणिज्य संघको अध्यक्षमा कमल बहादुर बुढा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनबाट संघको अध्यक्षमा कमल बहादुर बुढालगायत पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कमल बहादुर बुढा–अध्यक्ष, रत्नसिङ्ग मल्ल–प्रथम उपाध्यक्ष, जंगबहादुर शाही–दोस्रो उपाध्यक्ष, नृपेन्द्र बहादुर मल्ल–महासचिव, जयबहादुर शाही–कोषाध्यक्ष र मानबहादुर बुढा सचिवमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक कुवेरजंग शाहीले जानकारी गराए ।

त्यस्तै, खुल्ला सदस्यहरुमा रवि रावत, नरेन्द्र रोकाया, हरिमन भण्डारी, विष्णु रावत, जय बहादुर बुढा र कर्णसिंग बुढा चयन भएका छन् । यता समावेशी सदस्यहरुमा दलितबाट गंगासिंग कामी, जनजातीबाट दिनेश श्रेष्ठ र महिलाबाट बाचुकली रावत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

संघका नवनिर्वाचित पदाधिकारीहरुले शनिबार नै मुगु उद्योग वाणिज्य संघको जिल्ला निवार्चन समितिको कार्यालयमा सपथ ग्रहण गरिसकेका छन् ।

Related Articles

Leave a Comment