Home खेलकुद दिल्लीका आश्विनले छाडे आईपीएल

दिल्लीका आश्विनले छाडे आईपीएल

by admin

एजेन्सी । म्यानचेस्टर सिटीले कारबाओ कप जितेको छ । गएराति भएको खेलमा टोटनहमलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो ।

सिटीले लगातार चौथो पटक काराबाओ कप जित्दै कीर्तिमान बनाएको छ । सिटीले १९८० ताका लिभरपुलले बनाएको कीर्तिमान पनि बराबरी गरेको छ । लिभरपुलसँगे सिटीको यो सर्वाधिक आठौँ लिग कप उपाधि पनि हो ।

रक्षक एमेरिक लार्पोटेले खेलको ८२ औं मिनेटमा हेडमार्फत गरेको गोल नै खेको निर्णयक बनेको थियो । मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेपछि टोटेनहमले पहिलो खेल खेलेको थियो ।

प्रिमियर लिगमा पनि सिटी प्रिमियर लिगको उपाधि नजिक छ । लिगका ५ खेल बाँकी रहँदा ७७ अंकका साथ सिटी बलियो अवस्थामा रहेको छ । अर्को साता नै टोली च्याम्पियन बन्ने सम्भावना छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सिटी १० अंकले अगाडि छ ।

Related Articles

Leave a Comment