Home खेलकुद ग्रिजमनको २ गोलमा बार्सिलोनाको जित

ग्रिजमनको २ गोलमा बार्सिलोनाको जित

by admin

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि एन्टोइन ग्रिजमनले दुवै गोल गरे । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले महत्वपूर्ण तीन अंक जाेड्न सफल भयाे ।

२६ औं मिनेटमा भिल्लारियलले अग्रता बनाएको थियो । तर त्यो अग्रता लामो समय टिकेन । त्यसको दुई मिनेटपछि नै अक्सकार मिन्गुइजाको पासमा ग्रिजमनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३५ औं मिनेटमा ग्रिजमनले अर्को गोल गर्दै टोलीको जितको आधार तयार पारेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।

Related Articles

Leave a Comment